एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा, चेल्सी पछि पर्‍यो

 पब्लिक संवाददाता      मङ्लबार, पुस १८, २०७४      0

काठमाडौं,१८ पुस । एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

गएराति एभर्टनको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई २-० ले विजयी गराउन एन्टोनी मार्टियल र जेस्सी लिङ्गार्डले एक-एक गोल गरे।

जितपछि म्यान्चेस्टर युनाईटेडले दोस्रो स्थानको चेल्सीलाई उछिनेको छ। २२ खेलबाट म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने एक खेल कम खेलेको चेल्सीको ४५ अंक छ।

शीर्ष स्थानको म्यान्चेस्टर सिटीको भने ५९ अंक रहेको छ। प्रिमियर लिग फुटबलमा गएराति लिभरपुलले बर्न्लेलाई २-१ ले हराउँदा लेष्टर सिटीले हडर्सफिल्ड टाउनलाई ३-० ले पराजित गर्‍यो।

यसैगरी न्युकासल युनाईटेडले स्टोक सिटीलाई १-० ले हराउँदा ब्राईटन र बर्नमाउथले २-२ गोलको बराबरी खेलेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।