काठमाडौं १७ पुष– सरकारले इन्धनको मूल्य फेरि बृद्धि गरेको छ। आज राती सोमबारबाट लागू हुने गरी इन्धनको मूल्यमा बृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ । यसअघि पुस ४ गते निगमले मूल्य बृद्धि गरेको थियो।
निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको जनाएको छ। भारतबाट नै प्रेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले मूल्य समायोजन गर्नु परेको निगमको दावी छ। अब पेट्रोलको मूल्य १ सय २ रुपैयाँ पर्नेछ।
आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक/ एक रुपैयाँ मूल्य बढेको जनाएको छ। त्यस्तै, २५ रुपैयाँ खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर पर्ने भएको छ भने, हवाइ इन्धन आन्तरिकतर्फ ३ रुपैयाँ प्रतिलिटर बढाएको छ।
नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर७९/ ७९ रुपैयाँ पर्नेछ भने,ग्याँस प्रतिसिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ उपभोक्ता मूल्य पर्नेछ।
यस्तै, आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर हवाई इन्धन पर्ने जनाएको छ।