ईश्वी सम्वतको नयाँ वर्ष २०१८ आजबाट सुरु

 पब्लिक संवाददाता      सोमवार, पुस १७, २०७४      0

काठमाडौं, १७ पुस। ईश्वी सम्वत्को नयाँ वर्ष २०१८ आजबाट सुरु भएको छ। यो सम्वत् प्रचलनमा रहेका देशहरुमा धूमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ।

पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम भएका छन्। यस अवसरमा शुभकामना आदानप्रदान गर्ने चलन छ।

नयाँ वर्षको अवसरमा पर्यटकीय स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गर्ने चलन छ।

महोत्सवमा पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरुलाई आकर्षित गर्ने गरिन्छ।

विशेष गरी काठमाडौंको दरबारमार्ग, ठमेल, भक्तपुरको नगरकोट, पोखरा, चितवनको सौरहालगायतका स्थानमा विशेष कार्यक्रम भइरहेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।