बचतको ब्याजदर नबढाउन बैंकहरुबीच ‘भद्र सहमति’

 पब्लिक संवाददाता      सोमवार, पुस १७, २०७४      0

काठमाडौं, १७ पुस। बचतको ब्याजदर नबढाउन बैंकहरुले ‘भद्र सहमति’ गरेका छन् । तरलता अभाव भएको भन्दै केही दिनयता तीव्र रुपले निक्षेपको ब्याजदर बढाइरहेका बेला बैंकहरुले १२ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका हुन्।

मंगलबार बसेको बैंकर्स संघको बैठकमा यस्तो सहभागी भएको एक बैंकरले बताए । बैंकहरुबीचको उक्त सहमति नयाँ भने होइन।

बैंकहरुले विगतमा पनि पटक-पटक यस्ता सहमति गर्दै/तोड्दै आएका छन्।

केही दिनयता बैंकहरुले अस्वस्थ रुपमा ब्याजदर बढाउन थालेकाले त्यसो नगर्ने विषयमा आइतबार छलफल भएको संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए।

करिब २ साताअघि साढे ९ प्रतिशतसम्म रहेको मुद्दती निक्षेप आइतबारसम्म १३ प्रतिशत माथि पुगिसकेको छ। यही प्रबृत्तिमा ब्याजदर बढ्दै गएमा ऋणको ब्याजदर झनै महँगो हुने भएकाले लगानी निरुत्साहित हुने विज्ञहरु बताउँछन् । (कान्तिपुर दैनिकबाट)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।