विश्वभर पोलियो भ्याक्सिनको अभाव

 पब्लिक संवाददाता      सोमवार, पुस १७, २०७४      0

काठमाडाैं, १७ पुस। बालबालिकालाई दिइने अति महत्वपूर्ण पोलियो भ्याक्सिन आइपिभीको विश्वव्यापी रूपमा अभाव देखिएको छ। पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई दिइने आइपिभी(इन्एक्टिभेटेड पोलियो भ्याक्सिन)को नेपालमा पनि अभाव देखिएको छ।

सरकारले मुलुकबाट पोलियो उन्मूलन गर्न विगत एक वर्षदेखि पोलियो थोपासँगै सुईबाट दिइने आइपिभी भ्याक्सिन पनि सुरु गरेको थियो । तर, एक वर्ष नपुग्दै आइपिभी पोलियो भ्याक्सिनको अभाव भएपछि सरकारले नयाँ भ्याक्सिन ल्याउने निर्णय गरेको बाल स्वास्थ्य महाशाखा खोप शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले बताए ।

एफआइपिभी ल्याउने सरकारको निर्णय
आइपिभी भ्याक्सिनको चरम अभाव देखिएपछि सरकारले एफआइपिभी नामक नयाँ भ्याक्सिन ल्याउने तयारी गरेको छ । यो भ्याक्सिन पनि गाभी नामक अन्तर्राष्ट्रिय संस्थाले दिनेछ । आइपिभी बच्चा जन्मिएको १४ हप्ताको उमेरमा एकपटक दिइन्थ्यो भने एफआइपिभी बच्चा जन्मेको ६ हप्ता र दश हप्ता पुगेपछि पुनः अर्कोपटक दिइन्छ । ‘आइपिभी भ्याक्सिनको ठाउँमा एफआइपिभी भ्याक्सिन पर्याप्त उत्पादन हुने भएकाले नेपालले यो भ्याक्सिन खरिदमा गर्ने निर्णय लिएको हो,’ घिमिरेले भने।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।