विपिको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस चरिकोटमा समपन्न

 पब्लिक संवाददाता      आइतवार, पुस १६, २०७४      0

चरिकोट १६ पुस। नेपाली कांग्रेस जिल्ला कार्यसमिति  दोलखाको आयोजनामा  आज चरिकोटमा विपिको ४२अौँ मेलमिलाप दिवस मनाईएको छ।
लोकतन्त्रवादीहरुको उपस्थितमाझ नेपाली कांग्रेस पार्टी कार्यलयमा विहान चियापान कार्यक्रम गरिएको हो।चियापान कार्यक्रममा पार्टी सभापति रुद्रबहादुर खड्का, पार्टी सचीव सन्तोष रीमाल,बैत्यश्वर गाउँपालीका प्रमुख छवि लामा, केशवराज चौलागाईं,बर्मा लामा,जयराम श्रेष्ठ लगाएत भातृ संगठनका नेताकार्यकर्ताहरुको उपस्थिति थियो।

कार्यक्रममा बोल्ने क्रममा, प्रदेश सभा २ का उमेदवार समेत भएका केशबराज चौलागाईंले चुनावमा कांग्रेसले हारेको नभई दुई पार्टी मिल्दा एक स्टेप झरेर दोश्रो भएको बताए। मेलमिलापको बिषयमा उनले भने, “तराई पहाड हिमालमा बसोबास गर्ने बहुजाती, बहुभाषिक, बहुधार्मीक र बहुसांस्कृतिक माझको मेलमिलाप नै राष्ट्रिय मेलमिलाप हो।”

बाहिर बसेर कांग्रेसलाई धारे हात लगाउदै, जनतामा कांग्रेसबारे भ्रम फैलाउने कम्युनिस्टहरुको ताकत हेर्ने दिन आएको छ भन्दै बर्मा लामाले पनि कार्यक्रममा आफ्नो भनाइ  राखे। प्रदेश सभा -१ का सदस्य उमेदवार समेत भएका लामाले भने, “अब कांग्रेस गाउँगाउँमा जनताको सेवा गर्न हिड्छ।” देशद्रोहि,राष्ट्रघाति कदम विरुद्ध खवरदारी गर्दै जनताको काममा लाग्ने उनको ठहर थियो।

त्यस्तै  प्रतिनिधि सभा सदस्य समेत रहेका पार्टी सभापति रुद्रबहादुर खड्काले सबैलाई मिलेर अघि बढ्न आव्हान गरे। समानुपातिकमा कांग्रेसको नतिजा सन्तोषजनक आएपनि, प्रत्यक्षमा कांग्रेस पछि परेको उनको जिकिर थियो। “अव कांग्रेस रमिते बनेर बस्दैन, विपिको विचार सहित तदारुकताका साथ कांग्रेस अघि बढ्छ।” उनले भने।

कार्यक्रममा राप्रपा दोलखाका नेता नवराज श्रेष्ठले पनि अाफ्नो भनाइ  राखे। उनले भने “म कांग्रेस नभइ लोकतान्त्रिक एकतालाई जीवित राख्न अग्रसर रहने युवा हुँ।” आफुलाई कोहिकसैले कांग्रेस भन्छ भने त्यो गलत हुने उनको भनाई थियो। हरेक कार्यलयमा एमाले हावि भएको,तर काममा माख्खो नमारेको पनि भने।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।