बर्दिबास १६ पुष। अख्यितार दुरुपयोग अनुसन्धान आयोग भ्रटाचार नियन्त्रणमा सक्रिय भएपछि भ्रटाचारीहरुले आर्थिक लेनदेन गर्ने बाटो फेरेका छन्।
यो कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले बर्दिबासमा शनिबार बताएका हुन् । आयोगको प्रदेश नम्बर—२ स्तर भवनको शिलान्यास गर्दै उनले ‘भ्रटाचारीले सीमापारी गएर आर्थिक लेनदेन’ गरिरहेको बताएका हुन्। यो खबर अन्नपुर्ण पोष्ट दैनिक मा लेखिएको छ।
प्रमुुख आयुक्त बस्न्यातले भ्रष्टाचारलाई शून्यमा पुर्याउन नसके पनि यसलाई सबैको प्रयासबाट कमि गराउन सकिने बताए । ‘आयोगको कामलाई आधुनिकीकरण गर्दैछौं । तर, भ्रष्टाचार गर्नेहरुले लेनदेन गर्ने बाटो फेरेका छन्’, उनले भने, ‘रकम लिनेदिने काम सिमापारी गएर गर्न थालेका छन्,’ प्रमुख अयुक्तले भने, ‘भ्रष्टाचारीहरुले कुनै हालत उन्मु्क्ति पाउँदैनन्।’
आयोगले हरेक प्रदेशमा कार्यालय स्थापना गरी भ्रष्टाचार नियन्त्रणमा सक्रिय भएको उनले दावी गरे। ‘सुशासनले राष्ट भ्रटाचारमुक्त बन्छ,’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध आयोगले चाल्ने हरेक पाइलामा सबैले साथ र सहयोगको आवश्यकता रहन्छ। भ्रष्टाचाररहित नेपालको परिकल्पनालाई साकार पार्न आयोग प्रयासरत छ।’
भ्रष्टाचार नियन्त्रणमा सबै सरोकारवालाको सद्भाव, सहयोग र सहकार्य देश भ्रटाचारमुक्त बन्ने उनले उल्लेख गरे। आयोगको बर्दिवास नगरपालिका–३ स्थित गौरीडाँडामा प्रदेश नम्बर–२ को प्रशासकीय कार्यालय भवनमा निर्माणको लागि कुल १३ करोड ९० लाख ६४ हजार खर्च हुने छ । दुई बर्ष भित्र भवन निर्माण भइसक्ने लक्ष्य लिएको छ।