पब्लिक संवाददाता
शनिबार, पुस १५, २०७४
0
काठमाडौं, १५ पुस । २०१८ को ईदमा रिलिज हुने‘रेस-३’ पछि सलमानको अर्को फिल्म हो, ‘भारत’ । अली अब्बास जफरको निर्देशनमा बन्न लागेको यो फिल्मलाई अतुल अग्निहोत्री र भूषणकुमारले निर्माण गर्दैछन् ।
जुन फिल्ममा अहिलेसम्म अभिनेत्रीको नाम फाइनल गरिएको छैन। तर अहिले भएका चर्चालाई मान्ने हो भने सलमानको अपोजिट रोलमा दीपिका पादुकोणलाई प्रस्ताव राखिएको छ।
निर्देशक अली अब्बास यो पटक सलमान यस्ती हिरोइनलाई लिन चाहन्छन् जसले सलमानसँग कहिलै फिल्म खेलेकी छैनन । यो अवस्थामा दीपिका उपयुक्त पात्र हुनसक्ने बताइएको छ ।
तर, यसअघिपनि दीपिकालार्य सलमानका फिल्ममा काम गर्ने प्रस्ताव नआएका होइनन् । उनले ती प्रस्ताव अस्विकार गरेकी थिइन् । व्यस्तताका कारण उनले ती प्रस्ताव अस्विकार गरेकी थिइन् । एजेन्सी