पब्लिक संवाददाता
शनिबार, पुस १५, २०७४
0
नेपालगन्ज, १५ पुस। उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अब बस्ने मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने बताएका हुन्।
राष्ट्रियसभा निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उनको भनाइ थियो।
राप्रपाका अध्यक्षसमेत रहेका थापाले प्रदेशप्रमुख र प्रदेशका राजधानी पनि छिट्टै तोकिने जानकारी दिए।
राजनीतिक सहमति जुटाएर सरकारले प्रदेशका राजधानी तोक्ने तयारी गरिरहेको उनले बताए।