टुँडिखेलमा तमु ल्होसारको रौनक,

 पब्लिक संवाददाता      शनिबार, पुस १५, २०७४      0

काठमाडौं, पुस १५। काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले शनिबार टुँडिखेलमा भेला भएर तमु ल्होसार पर्व मनाएका छन्।

उनीहरुले टुँडिखेलमा विशेष कार्यक्रम गरी पुरानो वर्षको बिदाइ र नयाँवर्षको स्वागत गरेर ल्होसार पर्व मनाएका हुन्।कार्यक्रममा सामूहिक भोज खानुका साथै विभिन्न साँस्कृतिक कार्यक्रमसमेत गरिएको थियो।‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यो पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ।

गुरुङ समुदायले मनाएको तमु ल्होसार पर्वको उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा टुँडिखेलमा पुगेका थिए।उनले संक्षिप्त मन्तव्य राख्दै नेपालमा विभिन्न जातजातिले मनाउने चाडपर्वले विश्वमै नेपालीहरुको पहिचान बनाउन सहयोग पुग्ने बताए ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका नेता पार्वत गुरुङ, नेपाली कांग्रेसकी नेत्री सीता गुरुङलगायतले कार्यक्रममै सहभागी भएर शुभकामना दिएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।