ऐतिहासिक जिल्ला सम्मेलनबाट अध्यक्ष बने पोखरेल

 पब्लिक संवाददाता      शनिबार, पुस १५, २०७४      0

दोलखा १५ पुस। ल्याव प्रयोगशाला कर्मीहरुको प्रथम जिल्ला अधिवेशन सदरमुकाम चरिकोटमा अाज संपन्न भएको छ।

अधिवेशनले न्याय हेल्थद्वारा सञ्चालित प्राथमिक स्वस्थ केन्द्रमा कार्यरत ल्याब प्रयोगशाला कर्मी सन्तोष पोखरेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेक छ।

श्रमजीवी ल्याब प्रयोगशाला कर्मीहरुको पेशागत सुरक्षाको खातिर दोलखा जिल्लाभरका ल्याब प्रयोगशाला कर्मीहरु  गोलबन्द भएर सर्वसम्मत रुपमा समिति चयन गरिएको हो।

समितिको उपाध्यक्ष,सचिव,कोषाध्यक्षमा क्रमशः विमला सापकोटा,उद्धव दहाल र सञ्जु थामी रहेका छन्। त्यसै गरि सदस्हरुमा सुजना पोख्रेल,सुशील खड्का,कर्मसिंह प्रसाद गुप्ता,कल्पना कार्की,विरेन्द्र यादव,नन्दु घिसिङ,कल्पना गीरी,अस्मिता खड्का,सुजन कार्की सर्वसम्मत रुपमा चयन भएका हुन।


मेडिकल ल्याब्रोटोरी एसोसिएसन अफ नेपाल (मेलन)का केन्द्रीय अध्यक्ष कृष्णप्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम अधिवेशनमा, मेलनका सचिव राजन पोखरेल, नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष श्याम खड्का, प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर क्षमता घिमिरे, जिरी अस्पतालका विमला सापकोटा,जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत राजाराम कार्की, डाक्टर तुलाकृष्ण गुप्ता लगाएतले मेलानमा आबद्ध पेशाकर्मीहरुको सुरक्षा र उहाहरुको पेशागत हकहितका लागि आफुहरु अनवरत रुपमा  लागिरहने बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।