पुस १४ –ठूला शहरको ठूलो समस्या भनेकै ट्राफिक व्यवस्थापन हो। ट्राफिक व्यवस्थापन हरेक देशको ठूलो शहरको ठूलो चुनौती हो।
तर भारतको मध्यप्रदेशको इन्दोर शहरमा ट्राफिक प्रहरी रन्जित सिंह आफ्नो नृत्यबाट ट्राफिक व्यवस्थापन गर्दछन्। इन्दोरको ट्राफिक व्यवस्थापनमा उनको ठूलो हात रहेको छ।
पहिले रेड लाइटमा समेत सवारी साधन नरोक्नेहरु अहिले ग्रीन लाइटमा समेत अगाडि बढ्दैनन्। उनीहरु सिंहको नृत्य हेरेर बस्ने गरेका छन्। उनी माइकल ज्याक्सनको जस्तै मूनवाक डान्स गर्दै ट्राफिक व्यवस्थापनमा खटिरहेका छन्।
त्यस्तै उनी आफू माइकल ज्याक्सनको ठूलो प्रशंसक रहेको बताउँछन्। ‘म माइकल ज्याक्सनको ठूलो प्रशंसक हुँ। मैले १२ वर्षदेखि मूनवाकको नक्कल गर्दै ट्राफिक व्यवस्थापनमा खटिएको छु।’ सिंह सामाजिक सञ्जालमा पनि एकदमै लोकप्रिय छन्। उनलाई फेसबुकमा २० हजारले पछ्याएका छन्।
चलचित्र ‘ढिसुम’ को प्रमोसन गर्न कलाकारहरु जोन अब्राहम, कैटरीना कैफ र सिद्धार्थ मलहोत्रा इन्दोर पुगेर सिंहसँगै सडकमै नाचेका थिए।
सिंहले अहिलेका युवाहरु लापरवाहीपूर्वक सवारी साधन चलाउने बताउँछन्। उनी अहिलेसम्म ४० जना युवकको शव उठाएको बताउँछन्। उनको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्। एजेन्सी
भिडियो हेर्नुस् …..