पासोमा परेर चितुवा मर्यो

 पब्लिक संवाददाता      शनिबार, पुस १५, २०७४      0

बैतडी १५ पुस। दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक जंगलमा थापेको पासोमा परेर एक चितुवा मरेको छ । देहिमाण्डौं गिरेगाडा सडकभन्दा ३० मिनेटको दुरीमाथि ग्वाल्लेकको बीच जंगलमा पासोमा चितुवा मृत भेटिएको जिल्ला वन कार्यालयले जनाएको छ।

शुक्रबार बिहान वडा अध्यक्षले खबर गरेपछि वन कार्यालय र प्रहरी टोली उक्त ठाउँमा गएको थियो। ४ फिट ७ इन्च लामो करिब डेढ वर्षको चितुवा बिहीबार राति मरेको निमित्त जिल्ला वन अधिकृत रामप्रसाद चौधरीले बताए ।

८-१० दिनअघि ग्वाल्लेक क्षेत्रमा चितुवाले बाख्रालाई आक्रमण गरेको थियो । कारण एकिन नभए पनि बँदेल मार्न पासो थापेको हुन सक्ने चौधरीले बताए । सो क्षेत्रमा चितुवा खासै नदेखिने भए पनि बैतडीको तल्लोसोराड क्षेत्रमा भने २०७० साल यता चितुवाले २३ जना मान्छेको ज्यान लिइसकेको छ। (राजधानी दैनिकबाट)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।