पब्लिक संवाददाता
शनिबार, पुस १५, २०७४
0
काठमाडौं, १५ पुस। इरानमा सरकारको विरोधमा व्यापक प्रदर्शन गरिएको छ। विहीवारदेखि सुरु भएको प्रदर्शनले शुक्रवार झन् ठूलो आकार लिएको थियो।
देशका प्रमुख शहरहरुमा फैलिएको प्रदर्शनको शुरुवात बढ्दो महँगीका विरोधमा भएको थियो। अब यो मुस्लिम धार्मिक नेताको शासनविरुद्ध केन्द्रित देखिएको छ।
राजधानी तेहरानबाट प्रदर्शनमा संलग्न थुप्रैंलाई पक्राउ गरिएको छ। सन् २००९ मा भएको विवादास्पद निर्वाचनपछि यो नै ठूलो प्रदर्शन भएको बताइएको छ।
सरकारले भने अवैध ढंगले भेला हुन नपाइने भन्दै आदेश जारी गरेको छ। यद्यपि, सामाजिक सञ्जालबाट प्रदर्शनमा जुटन अपील गरिएको छ। (एजेन्सी)