काठमाडौं, पुस १५। गुरुङ् समुदायले पुरानो वर्षलाई विदा गर्दै आजवाट नयाँ वर्षको रुपमा तमुल्होसार पर्व मनाउँदैछन्।
आजको दिन गुरुङ् समुदायले एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै सामूहिक भोज लगाएत सांस्कृतीक कार्यक्रम गरी ल्होसार मान्ने चलन छ।
ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ राष्ट्रपति विद्यादेवि भण्डारीले तमु ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपाली गुरुङ् समूदायमा सुख,शान्ति र हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छिन्।
राष्ट्रपति भण्डारीले नेपालमा विभिन्न जनजातीले मनाउने चाडपर्वले विश्वमै नेपालीहरुको पहिचान वनाउन सहयोग पुग्ने सन्देश व्यक्त गरेकी छिन्।
उनले यसप्रकारको पर्वहरुले पहाड, तराई र मधेसमा सवै नेपालीवीच एक आपसमा एकता र वन्धुत्व गास्न सहयोग पुग्ने उल्लेख गरिन्।