राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्न ४०दिन लाग्ने:आयोग

 पब्लिक संवाददाता      शुक्रबार, पुस १४, २०७४      0

काठमाडौं, पुस १४ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न कम्तीमा ४० दिन लाग्ने दाबी गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेकाले कानुनी प्रक्रिया र व्यवस्थापकीय पक्ष मिलाउन ४० दिन लाग्ने आयोगले जनाएको हो।

आयोगका सहसचिव दिनेश घिमिरेले अनिवार्य प्रक्रिया प्रक्रिया पूरा गर्नुपर्ने भन्दै सकेसम्म छिटो गर्ने पक्षमा आयोग रहेको शुक्रबार हामीसित बताए ।

सरकारले चुनावको मिति घोषणा गर्नेबित्तिकै कामअघि बढाउने र चुनावको ‘क्यालेन्डर’ तयार गर्ने उनको भनाइ थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।