पब्लिक संवाददाता
शुक्रबार, पुस १४, २०७४
0
दाङ, पुस १४ । पश्चिम दाङमा पत्नीले पतिको औंला काटेर पोलेर खाएको घटना सार्वजनिक भएको छ।
तुलसीपुर उपमहानगरपालिका–१ छोटेका ६४ वर्षीया रिसमी महतराले ६४ वर्षीय पति चन्द्रबहादुर महतराको दाहिने हातका चार औंला काटी पोलेर खाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
पतिले जाँडरक्सी खाएर सधैं कुटपिट गर्ने गरेका कारण औंला पोलेर खाएको रिसमीले बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
आरोपितको बयानमा विश्वस्त हुन नसकेर घरमा औंला खोज्न गए पनि नभेटिएपछि पोलेरै खाएको निष्कर्षमा पुगेको बताइएको छ। रिसमीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ।
औंला काटिएपछि गम्भीर घाइते भएका पतिलाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालजञ्ज पठाइएको प्रहरीले जनाएको छ। –राजधानी दैनिकबाट