
काठमाडौं १४ पुस – दुर्घटनामा निधन भएका कलाकार बिना थापाको बिहिबार आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बुधबार थापाले चलाएको स्कुटर ट्याङकरले ठक्कर दिएपछि उपचारका लागि वीर अस्पताल गुर्याए लगत्तै मृत्यु घोषणा गरेको थियो।
आर्यघाटमा विनाको पार्थिव शरिरलाई बिहीबार ३ः३० तिर अन्त्यष्टि गरिएको थियो। अन्यष्टिमा उनका परिवाजन आफन्त तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो।
‘एउटा राम्रो कलाकार थिइन् बिना, म भोली पर्सि राम्रो कलाकार बन्नु छ तपाईहरुको साथ चाहिन्छ है दादा भन्थिन् आज गुमाउनु पर्यो ।’, कलाकार शंकर विसीले भने। शंकरले बिनासँग म्युजीक भिडियोमा अभिनय पनि गरेका छन्।
पार्थिव शरिरमा श्रद्धाञ्जली दिनका लागी चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेल, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नायक निखिल उप्रेती, चलचित्र निर्देशक हिमाल केसी, मोडल शंकर बिसी, म्युजीक भिडियो निर्देशक प्रकाश भट्ट, मोडल महेन्द्र गौतम, गायिका शुशिला गौतम, कलाकार जान्वि बोहोरालगायत पुगेका थिए।
कलाकारितामा क्रृयाशिल विना ‘रामप्यारी’ चलचित्रमा पनि अभिनय गरेकी छिन् भने उनी अभिनित ‘पिंजडा ब्याक अगेन’ चलचित्र प्रदर्शनको तयारीमा छ।