![](https://publicpati.com/wp-content/uploads/2017/12/Lalbabu-Pandit-KJeki-Adhi.jpg)
काठमाडौं १३ पुष। नेपाल राष्ट्र बैंकले नोटलाई सुरक्षित र सफा गर्न सफा नोट नीति ल्याएको छ, तर सामान्य प्रशासन मन्त्री भएर निकै चर्चा कमाएका पूर्वमन्त्री लालबाबु पण्डितले एक जना नायिकासँगको भेटमा १ हजारका नोटमा केरमेट गरेर सफा नोट नीतिको धज्जी उडाउका छन्। राजधानी दैनिक ले खबर लेखेको छ।
आफू सधैं कानुनको पालना गर्ने बताउँदै आएका पूर्वमन्त्री एवं मोरङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद पण्डितले बुधबार अभिनेत्री केकी अधिकारीलाई १ हजार रुपैयाँको नोटमा हस्ताक्षरसहित केरमेट गरेर अटोग्राफ दिएका हुन्।
पूर्वमन्त्री पण्डित विराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजित एउटा नेपाली चलचित्रको प्रचार–प्रसार कार्यक्रममा मुख्य अतिथि थिए । सोही क्रममा पूर्वमन्त्री पण्डितले नायिका केकीलाई १ हजार रुपैयाँको नोटमा अटोग्राफ दिएका हुन् ।
नेपालमा सफा नोट नीति आएको जानकारी हुँदाहुँदै कागज मागेर हस्ताक्षर गर्दै अटोग्राफ दिनुपर्नेमा पूर्वमन्त्री पण्डितले नायिकाले दिएको १ हजार रुपैयाँको नोटमा अटोग्राफ दिए ।
पूर्वमन्त्री पण्डितले मात्र हैन, नायिका केकी अधिकारीले सफा नोट नीतिविरुद्ध १ हजार रुपैयाँको नोटमा केरमेट गराएकी छन् । पण्डितलाई देखेपछि केकीले हजारको सो नोटमा लालबाबुको अटोग्राफ लिएकी हुन् ।
नेपाल राष्ट्र बैंकले लागू गरेको सफा नोट नीतिअन्तर्गत नोट केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ५ हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो पुस्ताकी बौद्धिक अभिनेत्री मानिएकी केकीले १ हजारको नोटमा केरमेट गर्न लगाएर कानुनको खिल्ली उडाएकी छन् । अटोग्राफको नाममा नोटमा केरमेट गरेको समाचारलाई केकीका एक सहयोगी पत्रकारले बुधबार साँझ प्रेस विज्ञप्तिसमेत बनाएर पठाए ।
सोही फुर्सदको सदुपयोग गर्दै उनी बुधबार चलचित्रको प्रचार–प्रसार कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा उनले १ हजार रुपैयाँको नोटमा केरमेटसहित अभिनेत्री केकी अधिकारीको सुन्दरताको तारिफ गर्न पछि परेनन्।
![](http://raatogurash.com/wp-content/uploads/2017/12/hajar-ko-note-300x225.png)
हजारको नोटमा अटोग्राफ दिँदै पूर्वमन्त्री लालबाबु पण्डित।
आफू सामान्य प्रशासन मन्त्री हुँदा विदेशी मुलुकको ग्रिनकार्ड, पीआर, नागरिकता भएका कर्मचारीलाई जागिर छोडाउने नीति ल्याएर यस्तो नीति लागू गर्ने मन्त्री पनि लालबाबु पण्डित नै हुन्।
नेपाल राष्ट्र बैंकले लागू गरेको सफा नोट नीतिअन्तर्गत नोट केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ । यही नीतिअन्तर्गत नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्नेलाई पनि सोही सजायको व्यवस्था छ।
व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामा नोट केरमेट गर्नेलाई तीन महिना जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । सर्वोच्च अदालतले सफा नोट नीति कार्यान्वयनमा ल्याउन राष्ट्र बैंक र अर्थमन्त्रालयको नाममा आदेश दिएपछि यो विषयलाई फौजदारी संहितामा समेटिएको हो।
सर्वाेच्चले बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा यस्तो आदेश जारी गरेको थियो।
यो कानुनलाई कार्यन्वयन गर्न नेपाल राष्ट्र बैंकले एक वर्ष यता मुलुकका विभिन्न स्थानमा सफा नोट नीतिबारे अन्तरक्रिया र गोष्ठी गर्दै सर्वसाधारणलाई यसबारे जानकारी गराउँदै आएको छ।