काबुल १३ पुस। गृहयुद्धको चपेटामा परेको अफगानिस्तानमा एक पछि अर्को सञ्चारमाध्यम आतंकवादी समुहको निसानामा पर्दै आएका छन।
बिहिबार आतंकवादी समुहले राजधानी काबुल स्थित अफगान भ्वाइस समाचार संस्थालाई लक्षित गरी आक्रमण गरेका छन। अफगानिस्ताको राजधानी काबुल स्थित अफगान भ्वाइस समाचार संस्थामा आत्मघाती आक्रमण भएको छ।
अफगान स्वास्थ्य मन्त्रालयका अनुसार समाचार संस्थालाई लक्षित गरी भएको आत्मघाती विस्फोटमा कम्तिमा ४० को ज्यान गएको छ भने ३० जना घाइते भएका छन।
अफगान जर्नलिस्टस सेफ्टी कममिटीले घटनाको कडा शब्दमा भत्र्सना गर्दै पछिल्लो समय संचारकर्मीलाई लक्षित गरी आक्रमण बढेकोमा दु:ख व्यक्त गरेको छ।
सन २०१६ मा अफगानिस्तानमा संचारकर्मीलाई लक्षित गरी ३५ वटा हिंसात्मक घटना भएका थिए भने सन २०१७ मा यो बढेर ७३ पुगेको छ । संचारकर्मीका लागि सिरिया पछिको दोसा्रो खतरनाक राष्ट्रका रुपमा अफगानिस्तान रहेको छ।
यस अघि मे महिनामा आतंकवादी समुह आइएस आईएलले जलालाबादस्थित अफगाननिस्तानको राष्ट्रिय टेलिभिजनमा आक्रमण गरेको थियो। सो आक्रमणमा ५ जना मारिएका थिए। यसैगरी नोभम्बर महिनामा अफगानिस्तान कै एउटा नीजि टेलिभिजन समसाद टीभीलाई आतंकवादीले निसाना बनाएका थिए।
सन २०१६ को जनवरी महिनामा पनि अफगानिस्तानको टोलो न्युजका संचारकर्मी चढेको मिनीबसलाई लक्षित गरी भएको आक्रमणमा साता जनाको ज्यान गएको थियो।
लामो समय देखि गृहयुद्धको चपेटामा रहेको अफगानिस्तानमा दिनहँ जसे हिंसातमक आक्रमणका घटनाहरु भइरहेका छन। अमेरिकी सेनाले अफगानिस्तान नछाडैसम्म आक्रमण गरिरहने चेतावनी दिदै आएको तालिवानले पछिल्लो समय आक्रमणका घटनालाई तीव्र बनाएका छन।यो समुहले विश्व कै खतरनाक मानिने आतंकवादी समुह आइएसको सहयोग पाउदै आइरहको छ। एजेन्सी