दश दिनभित्र सम्पर्कमा नगए  बिबि एयरवेजको  बैना पच हुने

 पब्लिक संवाददाता      बिहिबार, पुस १३, २०७४      0

काठमाडौं १३ पुस। नेपाल वायु सेवा निगमको बोइङ किन्न डेढ करोड दिएको बिबि एयरवेज अहिलेसम्म पनि सम्पर्कमा छैन।
जहाज किन्नका लागि बैना गरेको रकम दिएपछि कम्पनी निगमको सम्पर्कमा नगएको हो। अबको दश दिनभित्र सम्पर्कमा नगए बैना वापतको रकम निगमकै हुनेछ।
बिबि एयरवेज गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टको हो। एनआरएनए निर्वाचनको समयमा उनले जहाज किन्न डेढ करोड रुपैयाँ दिएका थिए।

स्रोतका अनुसार सम्झौंता गरेपछि कम्पनीबाट कुनैपनि व्यक्ति निगमको सम्पर्कमा पुगेका छैनन्।सम्झौंता भएको एक सातामा सम्पर्कमा नआएपछि निगम व्यवस्थापनले ४५ दिनको समय दिएको थियो।

‘सम्झौता अनुसार ४५ दिनमा एयरवेजले बाँकी रकम तिर्नुपर्नेछ। यो मितिमा पैसा नतिरे १ करोड ५५ बैना निगमकै हुनेछ,स्रोतले भन्यो। बोइङ किन्न नेपाल लगायत विदेशका सात वटा कम्पनीले टेण्डर हालेका थिए।१७ करोडमा बिक्री गर्न टेण्डर आब्हान गरेपनि कसैले पनि त्यति रकम हालेनन्।निगमले वार्ताको माध्यमबाट बिबिलार्इ बोइङ बिक्रीको निर्णय गरेको थियो।

बोइङ ७५७–२०० सिरिजको विमान हो।यो विमानले ८६ हजार चार सय १० घण्टा उडान गरेको छ।बोइङ २०७२ सालदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।