सडक दुर्घटनामा अभिनेत्री बिना थापाको निधन

 पब्लिक संवाददाता      बुधबार, पुस १२, २०७४      0

काठमाडौं १२ पुष ।अभिनेत्री बिना थापाको बुधवार सडक दुर्घटनामा निधन भएको छ।

बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार थापाको निधन भएको हो। राजधानीको बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बिना सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनापछि उनलाई वीर अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको निधन भएको प्रहरीले बताएको छ।

‘उवर्शी’, ‘डिभोर्स’ जस्ता चलचित्रमा अभिनय गरिसकेकी उनी अभिनीत नयाँ चलचित्र ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनको तयारीमा छ। ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिना गुल्मीको मुसिकोट गाउँपालिका–२ की स्थायी हुन्। उनले दर्जनौं म्यूजिक भिडियो तथा नाटकमा समेत अभिनय गरेकी छिन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।