हिमालयन हाइड्रो मेला पुस २१ देखि सुरु हुने

 पब्लिक संवाददाता      मङ्लबार, पुस ११, २०७४      0

काठमाडौं, पुस ११। नेपालको जलविद्युत् क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने उद्देश्यले यही पुस २१ गतेदेखि हिमालयन हाइड्रो मेला आयोजना गरिँदैछ।

स्वतन्त्र ऊर्जा उत्पादक संस्था, नेपाल (इपान)ले आयोजना गरेको तीनदिने यो स्तरको मेला पहिलोपटक हुन लागेको जनाएको छ।

मेलामा स्वदेशीसहित विदेशी कम्पनीहरुको सहभागिता रहने इपानले जनाएको छ।

हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, लगानीकर्तासहितको सहभागिता रहने मेलामा करिब १०० स्टल रहने जनाएको छ। त्यसमध्ये ५० प्रतिशत स्टल विदेशी कम्पनीको हुने इपानका अध्यक्ष शैलेन्द्र गुरागाइँले बताए।

मेलामा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, इटालीलगायत देशका कम्पनी एवं लगानीकर्ताको सहभागिता रहने इपानले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।