लक्ष्मी बैंकको भाइवर बैंकिङ सेवा सुरु,

 पब्लिक संवाददाता      मङ्लबार, पुस ११, २०७४      0
काठमाडौं ११ पुष । लक्ष्मी बैंकले पनि भाइवर बैंकिङ सेवा सुरु गरेको छ। लक्ष्मी बैंक भाइवरको पब्लिभक एकाउन्टमा आवद्ध भएसँगै सर्वसाधारणले बैंकका बारेमा विभिन्न सुचना सहजै थाहापाउन सक्ने भएका छन्।
बैंकका ग्राहकले भाइवर सेवामार्फत आफ्नो खाताको विवरण, ब्यालेन्स, मिनि स्टेटमेन्ट लगायत थुप्रै विषय थाहापाउन सक्ने छन्। यसवाहेक बैंकका शाखाहरु, एटिएम रहेका स्थान, विदेशी मुद्राको विनिमय दर पनि भाइवरबाटै थाहापाउन सक्ने छन्।
बैंकका ७४ शाखा, तीन हस्पिटल सेवा काउन्टर, ९५ एटिएम र २५ सयभन्दा वढि रेमिटेन्स र ४०० वढि मोबाइ एजेन्टहरु छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।