अनुष्का-बिराट विवाहको भव्य पार्टी आज,

 पब्लिक संवाददाता      मङ्लबार, पुस ११, २०७४      0

११ पुस, विराट कोहली तथा अनुष्का शर्माको विवाहको भोज आज मुम्बइमा हुन लागिरहेको छ। यस वर्षको सवैभन्दा बैबाहिक भोजको रुपमा उनीहरुको विवाह भोजलाई भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

मंगलबार मुम्बइको लोअर परेल स्थित होटल सेन्ट रेगिसले खेलकुद, व्यापारि तथा फिल्म र राजनीतिक जगतका हस्तीहरुलाई निमन्त्रणा गरिएको छ।

ती मध्ये केही हस्ती विशेष रहेका छन्।

विराट र अनुष्काको विवाहको पार्टी राति ८ बजे शुरु हुने छ। ट्राफिक जामबाट बच्नका लागि सेलिब्रेटीहरुलाई निर्धारित समयभन्दा पहिला आउन अनुरोध गरिएको छ। होटललाई भाव्यरुपमा सजाइएको छ।
खानामा अतिथिहरुलाई पञ्जावी, इटलियन र भारतीय खाना दिइने तयारी गरिएको छ।

पार्टीमा धेरै क्षेत्रका दिग्गजहरुको उपस्थिति हुने छ। तर त्यसमा पनि खास गरेर मुकेश अम्बानी, नीता अम्बानी, शाहरुख खान, आमिर खान, सचिन तेन्दुल्कर, प्रियंका चोपडा, एमएस धोनी, करण जोहर सहभागी हुने छन्।

पार्टीमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीस पनि सहभागी हुने अपेक्षा गरिएको छ।

क्रिकेटरहरु रोहित शर्मा, के एल यादव, युवराज सिंह, हरभजन सिंह, रवि शास्त्री, जहीर खान, वीरेन्द्र सहवाग जस्ता हस्ती उपस्थित हुने अनुमान गरिएको छ।

अनुष्का र विराट कोहलीले ११ डिसेम्बरमा इटलीमा विवाह गरेका थिए। २१ डिसेम्बरमा दिल्लीमा विवाह पार्टी भएको थियो जसमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।