एयर इमिरेट्सलाई ट्युनिसियामा अवतरण गर्न रोक

 पब्लिक संवाददाता      सोमवार, पुस १०, २०७४      0

काठमाडौं, पुस १० । ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (युएई) को इमिरेट्स एयरलाइन्सको विमानलाई आफ्नो देशमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ।

आफ्नो देशका केही महिलालाई विमान चढ्न नदिएपछि ट्युनिसियाले इमिरेट्स एयरलाइन्सको विमानलाई ट्युनिसमा अवतरण गर्न नदिएको हो ।

ट्युनिसियाली महिलालाई विमान चढ्न नदिनु रंगभेदी तथा विभेदकारी भएको भन्दै अधिकारवादी संस्थाले विरोध गर्दै आएका थिए।

यो घटनाले ट्युनिसियाभर असन्तुष्टि बढेपछि इमिरेट्स एयरलाइन्सको विमानलाई अवतरण गर्न नदिइएको बताइएको छ।

कानुनको पालना तथा अन्तर्राष्ट्रिय सम्झौता अनुसार उडान भर्न तयार नभएसम्म इमिरेट्स एयरलाइन्समाथिको प्रतिबन्ध कायम रहने ट्युनिसियाको यातायात मन्त्रालयले जनाएको छ।

तर युएईले भने सुरक्षाका कारण ट्युनिसियाको उडान रोकिएको दाबी गरेको छ।

दुबई एयरपोर्टमा ट्युनिसियन महिलालाई इमरेट्स एयरलाइन्सले गएको केही दिनदेखि चढ्न रोक लगाउने गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सुरक्षाका कारण यस्तो केही समस्या भएको तर ट्युनिसियन महिलालाई आफ्नो देशले पूर्ण सम्मान गर्ने युएईले बताएको छ।(एजेन्सी)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।