साउदीका राजकुमार बिन तलालसँग ६ अर्ब डलर धरौटी माग

 पब्लिक संवाददाता      सोमवार, पुस १०, २०७४      0

काठमाडौं १० पुस। साउदी अरबका अधिकारीहरुले भ्रष्टाचारको अभियोगमा जेलमा रहेका राजकुमार अलवालेद बिन तलालसँग ६ अर्ब डलर अर्थात ६ खर्ब रुपैयाँभन्दा बढी धरौटी मागेका छन्।

साउदीमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो धरौटी माग हो।यसका लागि उनको होल्डिङ कम्पनीको ठूलो हिस्सा सुम्पनु पर्ने हुनसक्छ । विन तलालको किङडम होल्डिङ कम्पनीको बजार मूल्य ९ बिलियन डलर मानिएको छ।

नोभेम्बरमा पक्राउ परेका केही राजकुमारहरु ठूलो रकम धरौटी बुझाएर छुटिसकेका छन्।

६२ वर्षीय अल वालेद विश्वकै धनी व्यक्तिहरु मध्ये एक हुन्। वालस्टि्रट जर्नलका अनुसार अर्बपतिहरुको सूचीमा ५७ औं नम्बरमा रहेको उनको सम्पत्ति १८ बिलियन डलर मानिएको छ। जेलबाट छुट्नका लागि वालेदले एउटा सम्झौता गर्ने कोशिष गरिरहेको स्रोतलाई उदृत गर्दै उक्त पत्रिकाले जनाएको छ।

राजकुमारहरु, मन्त्रीहरु र अर्बपतिहरुसहित दर्जनौं हाई प्रोफाइल व्यक्तिहरुलाई केही समयअघि भ्रष्टाचार आरोपमा पक्राउ गरेर रिट्ज काल्र्टोन जेलमा राखिएको थियो। ३ सय २० जनालाई सोधपुछका लागि बोलाइएको थियो जसमध्ये १ सय ५९ जना अहिले पनि जेलमा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।