चीनमा बनेको संसारकै सबैभन्दा ठूलो जहाज उड्यो, पानीमा पनि गुड्ने

 पब्लिक संवाददाता      आइतवार, पुस ९, २०७४      0

-बीबीसी ९ पुस |चीनले संसारकै ठूलो जहाज निर्माण सम्पन्न गरी उडान परीक्षण गरेको छ। बोइङ ७३७ को नाम एजी ६०० दिइएको छ।

उक्त जहाजले ग्वाङडोङ राज्यको जुहाइ विमानस्थलबाट पहिलो पटक उडान भरेको थियो। जहाज उडानको बेला सेनाको धुन बज्नुका साथै चिनियाँ झण्डा फहराइएको थियो।

उडान अवधि एक घन्टाको रहेको बीबीसीले जनाएको छ। समुद्रमासमेत गुड्ने जहाजमा  ५० जना मानिस अट्ने क्षमताको रहेको छ भने १२ घण्टासम्म उडिरहन सक्छ।

आगलागी नियन्त्रण, समुद्री विपद्का बेला उद्दारका लागि तयार पारिएको उक्त जहाज सैनिक गतिविधिका लागिसमेत उपयोगी हुने छ। जहाज निर्माण ८ वर्षअघिबाट थालिएको थियो। चीनले यस्ता १७ वटा जहाज बनाउन अर्डर गरिसकेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।