पब्लिक संवाददाता
आइतवार, पुस ९, २०७४
0
काठमाडौं,९ पुस। फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक सपिङ मलमा आगलागी हुँदा २५ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।
राजधानी मनिलाबाट ८ सय किलोमिटर दक्षिण पूर्वमा रहेको दाभाओको सपिङ मलमा आगलागी भएको हो ।
सपिङ मलको चौथो तलामा रहेको कल सेन्टरमा रहेका धेरै कर्मचारीको मृत्यु भएको हुनसक्ने स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कलसेन्टरमा फसेका कर्मचारीको जीवित रहने सम्भावना शून्य रहेको सरकारी अधिकारीले बताएका छन् ।
सपिङ मलभित्र फसेकाहरुको खोजी र उद्दार भइरहेको अधिकारीहरुले जनाएका छन् ।
यसैबीच राष्ट्रपति रोड्रिगो ड्युटर्टले फसेका व्यक्तिका परिवाससँग भेट गरेका छन् । आगलागीको कारण थाहा भएको छैन । (एजेन्सी)