पब्लिक संवाददाता
शनिबार, पुस ८, २०७४
0
काठमाडौं ८ पुस। प्रहरीको गोलीबाट म्यादी प्रहरीको मृत्यु भएको कालीकोट घटनाबारे छानविन गर्न समिति गठन गरेको छ। साथै मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीस्तरको निर्णयबाट शनिबार चार सदस्यीय छानविन समिति गठन गरेको हो।
गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा गठित समितिमा प्रहरी नायव महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरीका नायव महानिरीक्षक प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ छन् ।
समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
साथै मृतक विवेक ऐडीको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय भएको छ । घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार गराइने पनि गृह मन्त्रालयले जनाएको छ ।