चमेलिया जलबिद्धुत आयोजनाद्वारा ‘वेट टेस्ट’ सुरु

 पब्लिक संवाददाता      शनिबार, पुस ८, २०७४      0

काठमाडौं, ८ पुस। चमेलिया जलविद्युत् आयोजनाले शनिबारदेखि ‘वेट टेस्ट’ सुरु गरेको छ।

दार्चुलामा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले पुस अन्तिम सातादेखि परीक्षण उत्पादन थाल्ने तयारी गरेको छ।

आयोजना प्रमुख अजय दाहालले माघ महिनाभित्र आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने बताए।

एक महिनाअघि नै वेट टेस्ट सुरु गर्ने योजना भएपनि ड्यामसाइटको गेट नम्बर–१ मा समस्या देखिएपछि वेट टेस्टको काम पछि सरेको थियो।

वेट टेस्ट गरेपछि सबै ठीक रहेमा जनवरीको पहिलो सातामा एउटा इकाइबाट भएपनि परीक्षण उत्पादन थाल्ने दाहालले जानकारी दिए।

अर्को इकाइको परीक्षण भने पहिलो इकाइको परीक्षण भएको १५ दिनपछि गरिने जनाइएको छ।

सन् २००७ देखि निर्माण सुरु भएको आयोजनाको संशोधित लागत १५ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्न प्रसारणलाइन पनि तयार पारिसकेको आयोजनाले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।