पब्लिक संवाददाता
शनिबार, पुस ८, २०७४
0

फाईल तस्बिर
राजविराज ८ पुस। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधनको विषयलाई आफूहरुले नछाडेको दाबी गरेका छन् ।
उनले मधेसको ‘जनादेश’अनुसार संविधान संशोधनको मुद्दालाई पहिलो प्राथमिकतामा राखेको जिकिर गरे।
शनिबार राजविराजमा आयोजित एक कार्यक्रममा नेता महतोले वर्तमान संविधान नसच्याएसम्म सडक र सदनबाट संघर्ष जारी राख्ने बताए।
मधेसी दलहरु वाम गठबन्धनको सरकारमा सहभागी हुने कुरा हल्लामात्रै भएको भन्दै उनले मधेसको जनादेश विपरीत कुनैखाले सम्झौता नहुने उल्लेख गरे।
सो अवसरमा सप्तरीको मलेठ घटनामा ज्यान गुमाएका सहिद परिवारलाई सम्मान गरिएको थियो ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ र शुभकामना पनि दिइएको थियो।