मृतक म्यादीलाई सहिद घोषणाको  माग राख्दै कालिकोटमा प्रदर्शन

 पब्लिक संवाददाता      शनिबार, पुस ८, २०७४      0

कालिकोट ८ पुस।प्रहरीको गोलीबाट एक म्यादी प्रहरीकोमृत्यु भएपछि स्थानीयवासी र म्यादी प्रहरीले कालिकोटमा प्रदर्शन गरेका छन्।

निर्वाचनमा खटिएका म्यादी प्रहरीले ज्याला कम भएको गुनासो गरेको प्रदर्शनमा शुक्रबार गोली चलेपछि म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको हो । सो घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेपछि शनिबारकालिकोट सदमुकाम तनावग्रस्त बनेको छ। स्थानीय बासिन्दाले गोली चलाउने प्रहरीलाई तत्काल कारबाही, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति र म्यादी प्रहरीको माग सुनुवाई गर्नुपर्ने माग राखेका छन्।

सुरक्षाका लागि सुर्खेत र जुम्लाबाट थप सुरक्षाकर्मी झिकाइएको जिल्ला प्रसाशन कार्यलयले बताएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।