नेपालमै पहिलो पटक विभिन्न कवाडी सामान र फोहोरबाट ग्यास उत्पादन सुरु,

 पब्लिक संवाददाता      शनिबार, पुस ८, २०७४      0

रुपन्देही।नवलपरासीमा नेपालमै पहिलो पटक विभिन्न कवाडी सामान र फोहोरबाट खाना पकाउने ग्यास उत्पादन सुरु भएको छ।

नवलरासीको सुक्रौलीमा रहेको ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रालीले खानापकाउने ग्यास उत्पादन सुरु गरेको उधोगका संञ्चालक सन्दीपकुमार अग्रवालले बताए ।स्थानीय स्तरमा पाईने कच्चापदार्थ गोवर  कुखुराको सुली, भान्छाबाट निस्कने फोहर लगायतबाट ग्यास उत्पादन गरिएको उनले बताए।अहिले दैनिक ८० सिलिण्डर ग्यास उत्पादन भएको छ।

यो उद्योगको क्षमता भने डेढ सय सिलिण्डर छ।एउटा सिलिण्डरमा दश किलो ग्यास रहन्छ।एलपीज ग्यासको परनिर्भरता हटाउन उद्योग स्थापना गरिएको संचालक अग्रवालले बताए।उनका अनुसार छिट्टै अर्को उद्योग चितवनमा खोलिनेछ।२२ करोड लगानीमा नवलपरासीको रामग्राम नगरपालिका बन्जरिया गाउँमा उद्योग छ।

जर्मन प्रविधिबाट निर्मित वायोग्यास उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी २ सय सिलिण्डर ग्यास उत्पादन हुने उद्योगका अर्का संचालक डा.अभिनव अग्रवालले बताए।उनका अनुसार अहिले व्यवसायिक क्षेत्रलार्इ मात्रै ग्यास बिक्री भइरहेको छ।उद्योगले भैरहवामा रहेको वामा तन्दुरी र केपिएम चाइल्ड सेन्टरमा ग्यासको परीक्षण गरिसकेको छ।ग्यासको मूल्य प्रतिकिलो ९० रुपैयाँ राखिएको छ।अग्रवालले पाँच महिनापछि घरायसी प्रयोजनमा ग्यास बिक्री गरिने जानकारी दिए।उनले एलपिजी ग्यासको तुलनामा सुरक्षित र सस्तो रहेको दाबी गरे।

करीब तीन विघा क्षेत्रफलमा स्थापना उद्योगले १५ विघा जग्गा भाडामा लिएर मकै खेती लगाएको छ।उनका अनुसार मकैलार्इ ग्यासको कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ।वार्षिक तीनदेखि चार पटक उत्पादन हुने विशेष खालको मकै खेती गरिएको उनले बताए।कम्पनीले विभिन्न नगरपालिकासँग समेत समन्वय गरेर कुहिने फोहोर जम्मा पारेर ग्यास उत्पादनलार्इ अघि बढाउने योजना समेत बनाएको छ।

अग्रवालले नगरपालिकालार्इ फोहोर व्यवस्थापन गर्न पनि सजिलो हुने बताउँदै यसले एलपिजीको परनिर्भरता पनि घट्ने दाबी गरे।उद्योगमा चार जना इन्जिनियर र पचास जनाले रोजगारी पाएका छन्। (बिजमाण्डू)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।