पब्लिक संवाददाता
शनिबार, पुस ८, २०७४
0

लहान,८ पुस। राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा रुपनी गाउँपालिका– २ निवासी २६ वर्षीय उतिमलाल मण्डल रहेको प्रहरीले जनाएको छ।
राजविराजबाट रुपनीतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको ट्र्याक्टरलाई सोही दिशाबाट जाँदै गरेको स ५ प १७०३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार रुपनी गाउँपालिका–३ निवासी ४६ वर्षीय महेन्द्रप्रसाद इशरको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।