जयपुरमा ‘टाइगर जिन्दा है’ प्रतिबन्ध, सलमानको पुत्ला जलाइयो,

 पब्लिक संवाददाता      शुक्रबार, पुस ७, २०७४      0

मुम्बई/एजेन्सी– बलिउड अभिनेता सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ शुक्रबारबाट विश्वव्यापी प्रदर्शनीमा आएको छ। पहिलो दिन नै निकै राम्रो व्यापार गरेको यो फिल्म र सलमान खानविरुद्ध शुक्रबार भारतको जयपुरमा जुलुस नारा गरिएको छ।

जयपुरको वाल्मीकि समाजले सो फिल्म र सलमान खानको विरोध गरेको हो । सलमान खानले आफूहरूको अपमान गरेको भन्दै उनीहरूले जयपुरमा सलमानको पुत्लासमेत जलाए । सलमानको सो पुत्लामा ‘एक था सुअर’ लेखेको प्ले कार्ड घाँटीमा झुन्ड्याएर उनीहरूले जलाएका हुन्।

जयपुरमा ठूलो समूहमा वाल्मीकि समाजका कार्यकर्ता एवं समर्थनले निकालेको जुलुस र तोडफोडले त्यहाँको यातायात सेवा शुक्रबार प्रभावित भयो । उनीहरूले बेलुकासम्म पनि जुलुस नारा गरिरहेका थिए।

सलमान खानले माफी नमागेसम्म विरोध जारी राख्ने र जयपुरमा टाइगर जिन्दा है चल्न नदिने घोषणा पनि उनीहरूले गरेका छन् । सोही कारण त्यहाँ टाइगर जिन्दा है प्रतिबन्ध गरिएको छ।

यसै क्रममा शुक्रबार दिउँसो वाल्मीकि समाजको जुसुल त्यहाँको राजमन्दिर सिनेमा पुगेर सो सिनेमा हलबाट फिल्म उतारेका थिए । उनीहरूले सिनेमा हल तोडफोड पनि गरेको सो हल सञ्चालकले बताए।आफूहरूलाई सुरक्षा नदिएसम्म त्यहाँका सिनेमा हलमा सो फिल्म नचलाउने पनि त्यहाँका हल सञ्चालकहरूले बताएका छन्। यसैबीच सलमान खान र शिल्पा सेट्टीविरुद्ध वाल्मीकि समाजले अदातलमा मुद्दा पनि दायर गरेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।