काठमाडौं : माघ १९ गते रिलीज हुन लागेएको चलचित्र शेर बाहादुरको ट्रेलर रिलिज गरिएको छ। चलचित्रको निर्माण टिमले सामाजिक सञ्जाल युट्युब बाट आजै बिहीवार ट्रेलर रिलीज गरेको हो। ट्रेलरमा सुनिल थापा, कर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र शेर बाहादुर अर्थात सामाजिक मर्यादा बोकेको पात्रमा केन्द्रित छ। उक्त पात्र भने सुनिल थापाले निर्वाह गरेका छन्। ट्रेलरमा एक्शन, रोमान्स, ड्रामा लगायत समाबेश गरिएको छ।
बिशेषत शेर बहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो। झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसंग सम्बन्धित चलचित्र नभएको निर्माण टिमले बताईएको छ। सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा यस सिनेमाका मुख्य कलाकारहरु हुन्। पहिलो पटक सेट निर्माण गरेर ८० प्रतिशत चलचित्र खिचिएको निर्माण पक्षको दावी छ । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको बताईएको छ। निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी हुन्।
ट्रेलर…..