काठमाडाैं, ६ पुस– नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ उपलब्ध गराएको जनाएको छ । उक्त अफर शुक्रबार देखि लागू भई माघ २१ गते सम्म कायम जनाइएको छ।
कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको पनि जनाएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने छ।
१.विन्टर अल टाइम डाटा प्याक
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ।
विन्टर अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । त्यसैगरी ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।
१२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।
यो प्याक लिनका लागि WIN25MB, WIN150MB वा WIN500MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ।
२. विन्टर नाइट डाटा प्याक
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यो प्याक बेलुकी १० बजेदेखि विहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ । बोनसको रुपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यही समयमै प्रयोग गर्न सकिने छ।
विन्टर नाइट डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।
त्यसैगरी ६० रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । १२० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र ७ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।
यो प्याक लिनका लागि WN120MB, WN700MB वा WN1600MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ।
३. विन्टर फेसबुक/इन्स्टाग्राम प्याक
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा विन्टर फेसबुक÷इन्स्टाग्राम डाटा प्याक प्रयोग गर्न सकिन्छ।
विन्टर फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।
त्यसैगरी ६० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा र ३ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।
१२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा र ५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ।
यो प्याक लिनका लागि WF50MB, WF275MB वा WF600MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ।
४. एसएमएस प्याक
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा एसएमएस प्याकेज प्रयोग गर्न सकिन्छ । यो प्याक अन्तर्गत १० रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५० वटा एसएमएस र गरी ५० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १० रुपैयाँमा १०० वटा एसएमएस गर्न सकिने छ ।
एसएमएस प्याक लिनका लागि SMS100 लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ।