काठमाडौं ६ पुस। नेकपा एमालेका नेता पार्वत गुरुङले
एकता मान्दिन भन्नेहरु सिद्धिन्छ भनेका छन्।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले दुई पार्टीबीच एकता हुँदैन कि? भनेर प्रचार गर्नु गलत भएको समेत स्पष्ट पारे ।उनले भने ‘भोलिबाट एकताको लागि छलफल सुरू हुँदैछ,अब पनि एकता हुँदैन भन्नु जनताको मत विपरित हुन्छ।’ उनले भने,‘जसले एकता मान्दिन भन्छ उ सिद्दिन्छ।’
उनले अहिलेको जनमतलाई सम्मान गर्दै प्रधानमन्त्री देउवाले राजिनामा दिनुपर्छ समेत भने। अहिलेको सरकार सत्ता लम्ब्याएर अस्थिरतातर्फ जान खोजेको हो कि?भन्ने आभाष समेत प्रकट गरे।
नेता गुरुङले वाम गठबन्धनलाई जनताले स्थिरता र विकासको लागि मत दिएको भन्दै सोही अनुसार अब बन्ने सरकारले काम गर्ने समेत विश्वास दिलाए। उनले भने,‘सबैलाई सहमतिमा लिएर सरकार अघि बढ्छ, कांग्रेसले अब पाँच वर्ष कम्युनिष्टको सरकार हेरेर बस्छ।’
दोलखाबाट लोकप्रिय मत हासिल गरेर विजयी भएका नेता गुरुङले एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुने भन्दै अबको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्ने पक्का भैसकेको स्पष्ट पारे । उनले थपे,‘प्रधानमन्त्री को बन्छ? भन्नेबारे अब कुनै अलमल छैन, ओलीजी नै प्रधानमन्त्री बन्नुहुन्छ, पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष बन्नुहुन्छ।’
उनले प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्दा कुनै आपत्ति नहुने समेत जिकिर गरे।