प्रभु बैंकले हकप्रद निस्कासन अनुमति पायो

 पब्लिक संवाददाता      बिहिबार, पुस ६, २०७४      0

काठमाडौँ ६ पुस। नेपाल धितोपत्र बोर्डले प्रभु बैंकलाई हकप्रद निष्काशनको अनुमति दिएको छ। बैंकले दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँको हकप्रद जारि गर्न लागेको हो।

बैंकले चाँडै दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद निष्कासनको अनुमति पाएको हो। बैंकले कायम पूँजीको ४० प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो। बैंकले बोर्डमा हकप्रद निष्कासनको लागि आबेदन दिएको एक वर्षपछि अनुमति पाएको हो। बैंकले गत वर्ष मंसिर १ गते आबेदन दिएको थियो। केहि समयअघि बोर्डले हकप्रद निष्कासनका लागि थप कागजात माग गरेको थियो।

बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्ता पूँजी पाँच अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। बैंकले पहिलो त्रैमासमा २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। हकप्रद निष्कासनपछि बैंकको चुक्ता पूँजी आठ अर्ब नाघ्ने छ। (बिजमाण्डू)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।