नायिका जल शाहलाई मातृ शोक

 पब्लिक संवाददाता      बिहिबार, पुस ६, २०७४      0

६ पुस,नेपाली चलचित्रकी चर्चित नायिका जल शाहलाई मातृ शोक परेको छ ।
नायिका जल शाह को ७५ वर्षिय आमा प्रेमा शाहको बिहीवार अमेरिकाको साल्ट लेक सिटी स्थित ईन्टर माउन्टेन हस्पिटलमा निधन भएको समाचार स्रोतले बताएको छ।
साहित्यकार समेत रहेकी प्रेमा शाहको निधन भए पछी अमेरिकामा रहेका नेपाली चलचित्र कर्मी र आफन्तले जललाई शान्तवना दिइरहेका छन्। चलचित्र क्षेत्रमा सकृए हुँदा हुँदै अमेरिका गएकी नायिका जल शाह उतै बस्दै आएकी छिन भने नायिका जल शाहको आमा प्रेमा पनि लामो समयदेखि छोरी जलसँग नै अमेरिकामा बस्दै आइरहेकी थिइन्।
नायिका जलले आफ्नी आमा प्रेमाको चाहना अनुसार यादव खरेलको धार्मिक चलचित्र ‘श्री स्वस्थानी’बाट नेपाली रजतपटमा प्रबेश गरेकी थिइन ।नायिका जल शाह प्रती आएको यस दुखद घडीमा जल शाहको  आमाप्रति नेपाली चलचित्रकर्मीले श्रद्धाञ्जली तथा परिवारप्रति सहानुभूति प्रकट गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।