पब्लिक संवाददाता
बिहिबार, पुस ६, २०७४
0
काठमाडौं ६ पुस। विदेशी कामदारले मलेसियामा लेभि तिर्न नपर्ने भएको छ।
मलेसियाको मानव स्रोत मन्त्रालयले आगामी जनवरी १ बाट विदेशी कामदारहरुसँग लेभि नलिने जनाएको छ। कामदारबाट लेभि नलिने तर रोजगारदाता कम्पनीबाट पनि लेभि उठाइने सो मन्त्रालयले जनाएको छ।
मलेसिया सरकारको यो निर्णयसँगै त्यहाँ रहेका नेपालीहरु कामदार खुसी भएका छन्।
मलेसियामा निर्माण, उत्पादनमुलक, सेवा क्षेत्रमा विदेशी कामदारले वार्षिक १८ सय ५० रिंगिट लेभी तिरिरहेका थिए।