सुपर ग्यास उद्योगमा आगलागी हुनुको कारण यस्तो रहेछ

 पब्लिक संवाददाता      बिहिबार, पुस ६, २०७४      0
वीरगंज ५ पुस ।नेपालमा ग्यास उद्योग स्थापना भएको चार दशकको अवधिमा पहिलो पल्ट उद्योगमा आगलागी भयो।
वीरगंजमा रहेको सुपर ग्यासमा आगलागी भएर प्लान्टनै ध्वस्त भयो।ग्यास उद्योगमा आगलागी भएपछि मुलुकभर सनसनी फैलियो।आयल निगमले आकस्मिक रुपमा संचालक समिति बैठक डाकेर छानविन समिति बनायो।बैठकमा  प्रश्न उठ्यो उद्योगमा आगलागी कसरी लाग्यो? निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टरार्इले पेट्रोलियम रिफाइनरी,ग्यास प्लान्ट लगायतका क्षेत्रमा हुने आगलागीको प्रमुख कारण विद्युतीय स्पार्क(झिल्का)ले हुने गरेको बताउँदै सुपर ग्यासमा पनि त्यस्तै प्रकृतिको घट्ना भएको हुनसक्ने बताए।

भट्टरार्इले भनेजस्तै सुपर ग्यासको प्रारम्भिक अनुसन्धानमा ग्यास लिक भएपछि दमकलको साइलेन्सरबाट निस्केको झिल्काबाट आगलागी भएको पाइएको छ। बारा सिमरामा रहेको नेपाल ग्यासका प्लान्ट इन्चार्ज साहनैन साहले बुलेटबाट ग्यास अनलोड गर्दा लिक हुन थालेपछि दमकल बोलाएको बताउँदै दमकलको साइलेन्सरको स्पार्कले उद्योगमा आगलागी भएको देखिएको बताए।

‘बुलेटबाट ग्यास खाली गर्ने बेला लिक भएर कम्पनी भित्र,बाहिर,चारै तिर ग्यास फैलिएको थियो,ग्यास बन्द गर्न कम्पनीका मजदुरले जानेनन्,उल्टै बारुण यन्त्रलाई फोन गरे, उनले बिजमाण्डूसँग भने, दमकल  केही पर राख्नुपर्नेमा उद्योगको मुलगेटमा आएकाले साइलेन्सरबाट आगलागी सुरु भएको प्रारम्भिक अनुमान छ।’ उनले ग्यास लिंक भइरहेको कुरा समाधान गर्न प्राविधिकलाई बोलाउनु पर्नेमा दमकललाई बोलाएर गल्ती गरेको बताए।

राती भारतबाट आएको चार वटा ग्यासको बुलेट मध्ये एउटाबाट ग्यास अनलोड गर्ने काम भइरहेको थियो। विहान ६ बजे देखि ग्यास लिक हुन थालेको थियो। उद्योगका प्रशासन हेर्ने सन्तोष पटेल दमकल आउनेवित्तिकै आगलागी सुरु भएको बताए। ‘मैले उद्योगको गेट खोलेर दमकललार्इ भित्र जान सजिलो बनाएको थिए,उनले भने, तर दमकल आउने बितैकै बाहिरबाट आगलागी सल्केर सबैतिर फैलियो।’

आगलागीको पहिलो लप्का दमकलमै परेकोले समेत दमकलका प्राविधिकको निधन भएको थियो।उनका अनुसार ग्यासको नोजल मात्रै बन्द गरेको भए उद्योगमा आगलागी हुँदैन्थ्यो। उनले भने । आगलागी भएको ९ घण्टाबाट आगो आफै निभ्न थालेपछि प्राविधिक र प्रहरीको टोली उद्योगमा पुगेर पूर्ण रुपमा निभाए ।मनोज ग्यासका प्राविधिकहरुको टोली पनि आगो निभाउन घटना स्थलमा पुगेको थियो।आगलागीबाट १५ करोडको क्षति भएको प्रारम्भिक अनुमान छ।(बिजमाण्डू)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।