सुपर  ग्यास प्लान्टको आगलागी नियन्त्रणमा आउदै

 पब्लिक संवाददाता      बुधबार, पुस ५, २०७४      0

वीरगञ्ज ५ पुस–  वीरगञ्ज महानगरपालिका–२२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा लागेको आगलागी नियन्त्रणमा  अाएकाे छ।  ९  घण्टापछि आगलागी नियन्त्रणमा अाएकाे  सशस्त्र प्रहरी प्रवक्ता डिआईजी बाबुराम पाण्डेले रातोपाटीलाई जानकारी दिए।

उनका अनुसार भरेर राखिएका २ ट्रक ग्यास सिलिन्टर पड्किएको छ भने अझैं पनि  ठाउँठाउँका आगोका ज्वालाहरु देखिइरहेका छन् । यद्यपी अब  भने दमकलको सहायताले आगो निभाउन  सहज देखिएको छ।

यसअघि भीषण आगालागीका कारण सुरक्षाकर्मीसहितका दमकलको टीम एक किलोमिटर परै रोकिएका थिए । बिहान  करीब ७ बजेको आसपासबाट सुरु भएको आगलागी अहिले दिउँसो ३ बजेयता नियन्त्रणमा प्रहरी भनाई छ ।  आगलागी नियन्त्रणमा  अाएपछि नेपाली सेना, सशस्त्र प्रहरी र  जनपथ प्रहरी उद्योगभित्र प्रवेश गरेर क्षतिको विवरण संकलनका साथै आवश्यक काम थालेको छ।

आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए।

आगलागी भएसँगै त्यहाँ पुगेको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुबै जना कर्मचारीको जलेर मृत्यु भएको हो।

मृत्यु हुनेमा मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी रहेका छन्  । यस्तै  बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतोलगायत ६ जना जलेर सख्त घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले बताए।

सो आगलागीमा परी सख्त घाइते भएकामध्ये अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।

प्लान्टमा ग्यास लिकिज भएर आगलागी सुरु भएको बताइएको छ।

आगो नियन्त्रण बाहिर गएपछि प्रहरीले जगरनाथपुर सुखचैना लगायतका एक किलोमिटर वरिपरि रहेको बस्ती खाली समेत गराइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।