
काठमाडौं ५ पुस। वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागी सम्बन्धी छानविन गर्न पाँच सदस्यीय समिति गठन भएको छ।
एलपी ग्यास उद्योग संघले छानविन समिति गठन गरेको हो। समितिमा संघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन रहेका छन्।
छानविन समितिलाई पाँच दिनको म्याद दिइएको छ।
१० करेाड भन्दा बढी लगानीमा सुरु भएको उद्योगमा ग्यास बुलेटबाट आगजनी सुरु भएको अनुमान गरिएको छ।
४८ वर्षको पछि ग्यास उद्योगमा ठूलो आगलागी भएको यो पहिलो घटना हो।
आगलागीमा एक दमकलसहित दुई जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण भने आइपुगेको छैन। उद्योगमा विहान ६ बजेतिर आगलागी भएको थियो।
गाउँले सुरक्षित स्थानमा सर्न थाले
ग्यास उद्योगमा आगो लागेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। उद्योग नजिक रहेका बासिन्दाहरुलाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा सर्न अनुरोध गरेपछि उनीहरु बस्ती खाली गर्दै सुरक्षित स्थानतर्फ सर्न थालेका हुन्।
उद्योगमा जडान गरिएका तीनवटा बुलेटमा आगो लाग्ने र त्यो पड्किने सम्भावना भएकोले बस्ती खाली गराइएको स्थानीय प्रशासनले जनाएको छ।