पब्लिक संवाददाता
बुधबार, पुस ५, २०७४
0
चलचित्र ‘राज्जा रानी’को प्रमोशनका क्रममा विरगञ्ज पुगेका मुख्य कलाकारद्धय केकी अधिकारी र नाजिर हुसेनले नेकपा एमालेका चर्चित नेता लालबाबु पण्डितसँग सेल्फी खिच्न भ्याएका हुन्।
मंगलबार विरगञ्जमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका लालबाबुसँग चलचित्रमा समावेश ‘चिपक चिपक’ बोलको गीतमा केकी र नाजिरले नृत्य समेत गरेका हुन।
दाइजो प्रथा विरुद्धको अभियानमा रहेको भोर नामक संस्थाले आयोजना गरेको कार्यक्रममा पण्डित प्रमुख अतिथीको रुपमा पुगेका थिए।
लालबाबुले हालै सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा विजय हासिल गरेका थिए।
यम थापाको निर्देशनमा तयार भएको यो चलचित्र पौष २१ गतेबाट रिलिज हूँदैछ। रमेश एम के पौडेलको निर्माणमा बनेको चलचित्रले दाइजो प्रथाको कथालाई पनि उठान गरेको छ ।