पब्लिक संवाददाता
बुधबार, पुस ५, २०७४
0

काठमाडौं ५ पुस। स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुष २६ गते ३१औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाबाट बैंकले एक बराबर एकको अनुपातमा बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ। साथै सधारणसभाले बोनस शेयरको कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांस पारित गर्ने छ।
बैंकको हालको चुक्ता पूँजी ४ अर्व ५ करोड रुपैयाँ छ। बोनस शेयर जारी गरे सँगै पूँजी ८ अर्ब १० करोड रुपैयाँ पुग्ने छ।
बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार जगेडा कोषमा ८ अर्ब १५ करोड रुपैयाँ छ भने नाफा एक अर्ब ३८ करोड रुपैयाँ। बैंकले जगेडा कोष तथा गत वर्षको नाफाबाट सत प्रतिशत बोनस शेयर दिन लागेको हो।
बैंकले सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना संचालकको निर्वाचन गर्ने भएको छ। संचालकको उमेदवार वन्न चाहने शेयरधनीको कम्तिमा ३०० कित्ता शेयर हुनु पर्ने बैकले जनाएको छ।(बिजमाण्डू)