फेरि बढ्यो तेलको मुल्य

 पब्लिक संवाददाता      मङ्लबार, पुस ४, २०७४      0

पुस ४ काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको १५ नपुग्दै फेरि मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोलमा , डिजेल र मट्टितेलको लिटरमा १–१ रुपैयाँ बढाइएको छ। अब पेट्रोल लिटरको १ सय १, डिजेल ७८ र मट्टितेल लिटरको ७८ रुपैयाँ पर्ने छ ।
निगमले २२ मंसिरमा मात्रै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो।  निगम प्रवक्ता गोइतले स्वचालित मूल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको सुनाए । यसअघि खाना पकाउने ग्यासको २५ रुपैँया बढेकामा अहिले यथावत राखिएको छ । हवाई इन्धनको मूल्य पनि यथावत नै छ ।

अब निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा हुने छ। डिजेलमा अझै प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा हुने देखिएको छ।

मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा र हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ८३ पैसा र बाहृयतर्फ २४ रुपैयाँ ८८ पैसा नाफा छ। खाना पकाउने एलपी ग्यासमा भने अझै पनि प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा रहेको बताइन्छ।

मूल्य समायोजन गरेपछि पनि अझै महिनामा ११ करोड ३९ लाख रुपैयाँ घाटा रहने निगमको अड्कल छ। अहिलेको अवस्थामा निगम साढे १९ करोड रुपैयाँ घाटा व्यहोरिरहेको बताइँदै छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।