इस्टर्न मोटर्स प्रालिद्वारा आइसरको अत्याधुनिक सर्भिस सेन्टरको स्थापना

 पब्लिक संवाददाता      मङ्लबार, पुस ४, २०७४      0

पुष ४ काठमाडौँ । नेपालमा आइसर ब्राण्डका बस तथा ट्रकको बढ्दो लोकप्रियतासँगै अत्याधुनिक शोरुम स्थापना गरिएको छ। भारतीय अटोमोबाइल कम्पनी आइसरको नेपालस्थित अधिकृत बिक्रेता इस्टर्न मोटर्स प्रालिले काठमाडौंको सतुंगलमा आइसरको अत्याधुनिक सर्भिस सेन्टरको स्थापना गरेको हो। बतास अर्गनाइजेसनअन्तर्गतको इस्टर्न मोटर्स भारतीय भल्भो आइसर कमर्सियल भेइकल्सको नेपालका लागि आधिकारिक विक्रेता हो । कम्पनीले गत शुक्रबार सतुंगलस्थित सर्भिस सेन्टरको उद्घाटन गरेको छ।
भल्भो आइसर कमर्सियल भेइकल्स, भारतका सिनियर भाइस प्रेसिडेन्ट एवं इन्टरनेसनल बिजनेस हेड एस.एस. गिल, बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास एवं इस्टर्न मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सर्भिस सेन्टरको संयुक्त रूपमा उद्घाटन गरे । उद्घाटन समारोहमा आइसरका सिनियर भाइस प्रेसिडेन्ट एस.एस. गिलले सर्भिस सेन्टरको विकासपश्चात् आइसर गाडी धनीहरूले घरदैलोमा सेवा पाउने बताए।
त्यसको लागि दक्ष तालिम प्राप्त एवं अनुभवी प्राविधिकद्वारा स्पेसल टुल्स र जेन्युइन स्पेयर पार्ट्सको प्रयोग गरी ग्राहकको मन जित्दै ग्राहकको सेवा गर्न अभिप्रेरित गरेको उनको भनाइ छ। बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले सर्भिस सेन्टरबाट आइसर गाडीको सम्पूर्ण स्पेयर पार्टस् र तालिम प्राप्त दक्ष एवं अनुभवी मेकानिक्सद्वारा मर्मत सम्भारको सेवाको साथसाथै मुस्कानसहितको सेवा प्रदान गरिने जानकारी गराए।
सर्भिस सेन्टरको स्थापनापछि यस क्षेत्रका आइसर गाडी धनीहरूले अझ बढी सुलभ, छिटो, छरितो र गुणस्तरीय सेवाबाट लाभान्वित हुने जानकारी बतासले दिए । इस्टर्न मोटर्स प्रालिले आइसर गाडीको बिक्रीपश्चात्को सेवालाई अझै स्तरीय बनाउन वर्कसपहरूको वृद्धि एवं स्तरोन्नति गर्दै आएको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताएका छन् । उक्त वर्कसपसँगै इस्टर्न मोटर्सको देशभर १८ सर्भिस सेन्टर भएको जानकारी गराइएको छ। बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासको अध्यक्षतामा भएको सो सर्भिस सेन्टरको उद्घाटन समारोहमा भल्भो आइसर कमर्सियल भेइकल, भारतका साथै बतास अर्गनाइजेसनका अन्य वरिष्ठ व्यक्तिहरूको समेत सहभागिता रहेको थियो। (कारोबार दैनिक)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।