चर्चित गीत ‘मुसुक्क हासी दिदा ज्यानै लुट्यो’को रिमेक बजारमा . . . (भिडियो सहित)

 पब्लिक संवाददाता      मङ्लबार, पुस ४, २०७४      0

पुष ४ काठमाडौं : २५ वर्ष अघि ‘मुसुक्क हासी दिदा ज्यानै लुट्यो…’ गीत गाएर चर्चा कमाएका गायक भिमसेन टी लामाले यसैको रिमेक लिएर आएका छन्। उनले यो रिमेक गीत सोमबार सार्वजनिक गरेका हुन्।
‘म योबीचमा चलचित्र क्षेत्रमा व्यस्त भए अब गीत सङ्गीत क्षेत्रलाई नै निरन्तरता दिन्छु यसको पहिलो कोशेली मेरै चर्चित गीत ‘मुसुक्क हासी दिदा ज्यानै लुट्यो…’ लिएर फेरि दर्शक/स्रोतामाझ आएको छु’, उनले भने। विश्व बलभको शब्द रहेको गीतमा शम्भुजित बासकोटाको सङ्गीत रहेको छ।
कुनै समय निक्कै चर्चामा रहेको यो गीतको रिमेक भिडियोमा श्याम पाण्डे र विनिता वलीलाई फिचरिङ गरिएको छ जसलाई संजय पाण्डेले निर्देशन गरेका छन्। विनोद तामाङको कोरियोग्राफर रहेको गीतको भिडियोलाई क्षितिज महर्जनले छायाँकन गरेका हुन्। यसलाई भकारी म्युजिकले बजारमा ल्याएको हो ।
एल्वमकै तयारीमा रहेका भिमसेनले रेडियो नेपालबाट गत वर्ष विशष्टि सम्मानले घचघचाएकाले त्यसको कदरको सम्मानका लागि आफू अब गीत सङ्गीतको क्षेत्रमा पूर्ण लाग्ने बताए। उनले ए कान्छि परेकी बान्की, चिटिकै परि बजारै जान्छिन र एउटी सुन्दरी म माथि मर्छे जस्ता गीत समेटेर नयाँ एल्वम पनि ल्याउने तयारीमा रहेकाछन्।
चलचित्र सीमा रेखाबाट नेपाली चलचित्रमा प्रवेश गरेका भिमसेनले विषालु, कस्तो सम्झौता, अंशवण्डा, देश प्रदेश, परदेसी कान्छा, नासो, अंसवण्डालगायत थुप्रै चलचित्रमा अभिनय गरेका छन्।

भिडियो……

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।